रिबन

नेकपा एकिृकत समाजवादीले स्वास्थ्यसहित ४ मन्त्रालय पाउने

काठमाडौं । नेकपा एकिकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मात्र मन्त्रालय पाउने जानकारी दिएका हुन् । आज बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने जानकारी दिए ।

नेकपा एीककृत समाजवादीले प्रदेश नम्बर एक र बाग्मती प्रदेशको मुख्यमन्त्री पाउने भएपछि चार मन्त्रालय मात्रै लिने सहमति जुटेको हो । खतिवडाका अनुसार स्वास्थ्य तथा जनसंख्यासँगै सहरी विकास मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *