रिबन

कांग्रेसले सार्वजनिक गर्‍यो सप्तरीको क्रियाशील सदस्यता विवरण

काठमाडौं । नेपाली कांग्रेसले सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले सप्तरीको विवरण सार्वजनिक गरेको हो । सप्तरीको विवरण सार्वजनिक भएसँगै अब प्रदेश नम्बर २ का रौतहट र बाराको क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी रहेको छ । त्यस्तै बाग्मती प्रदेशको रसुवाको समेत क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन सकेको छैन ।

केन्द्रीय निर्वाचन समितिका अनुसार क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी रहेका ३ जिल्लासँग वडा अधिवेशन शुरु हुन नसकेका १२ जिल्लाको वडा अधिवेशन एकैपटक शुरु हुनेछ । कांग्रेसले दशैंअघि देशका सबै जिल्लामा पालिकास्तरको अधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसबाहेक २१ वटा हिमाली जिल्लामा भने तोकिएको सबै अधिवेशन गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले यसअघि नै गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते गर्ने निर्धारण गरेको थियो ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *