रिबन

विधान महाधिवेशन: अध्यक्षमण्डलमा अटाएनन् भीम रावल

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।

मण्डलमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् । तर, उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा समेटिएका छैनन् ।

माधव नेपाल पक्ष छोडेर एमालेमा बसेका रावल १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, पार्टीलाई २०७५ साल जेठ दुई कै परिस्थितबाट अघि बढाउनुपर्ने र आफूले पाएको पुरानो जिम्मेवारी सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *