राजनीति

मन्त्री छान्दा माधवलाई ज्वरो, उपेन्द्र उपत्यका बाहिर टाप

काठमाडौं । नेकपा समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले दल विभाजन अध्यायदेश देखाएर मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका थिए । उनीहरुकै आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन अध्यायदेश गत सोमबार नै खारेज गरिदिए ।

अध्यायदेश खारेजीपछि आज बुधबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने धेरैले अनुमान गरेका थिए । तर त्यो अनुमान त्यत्तिबेला असत्य सावित भयो जतिबेला मन्त्रीको नाम दिन प्रधानमन्त्री देउवाले नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई पटक–पटक तोकेदा गरिराख्नुप¥यो ।

प्रधानमन्त्री देउवाको यो पे्रसर धान्न नसकेर अध्यक्ष नेपाललाई ज्वरो आयो भने यादव उपत्यका छोडेर हिडे । रुघाखोकी र ज्वारो आएको भनिएका नेपालको पीसीआर नेगेटिभ नै देखिएको छ भने कुनै कार्यक्रम बिना नै उपत्यका छोडेर हिडेका यादव गृह जिल्ला सप्तरीमा रिल्याक्स गरिरहेका छन् ।

सामान्य मौसमी रुघाखोकीमै अध्यक्ष नेपाल ओछ्यान लाग्नुपर्ने मूल कारण चाहिँ मन्त्री छनोटको प्रेसर भएको बताइन्छ । थोरै पद, आकांक्षी धेरै, उनको आग्रह, अनुरोध कोही सुन्न नचाहेने भएपछि अध्यक्ष नेपाललाई समस्या थपिएको हो । भरपर्दो सहयोगी र सल्लाहकार नभएपछि नेता नेपाललाई थप अप्ठ्यारो परेको बताइन्छ । थोरै मात्र सन्तुलन बिग्रियो भने पार्टी खरानी हुने सम्भावना बलियो रहेकाले मन्त्री छान्दा अध्यक्ष नेतालाई ज्वरो आएको राजनीतिक वृत्तमा चर्चा छ ।

यता, उपेन्द्र यादवको जसपाको अवस्था पनि त्यही हो । न्वारानको बल निकालेर मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री राख्नुपर्ने अध्यक्ष यादवले लबिङ गरेका थिए । सत्तारुढ गठबन्धनमा उपप्रधानमन्त्री नराख्ने सहमति बनेपछि उनी उपत्यका छोडेर हिडेका हुन् । मन्त्री छनोट गर्न उनलाई त्यत्ति सजिलो छैन, थोरै मात्र सन्तुलन बिग्रियो भने उनको पार्टीमा पनि पहिरो जानेछ ।

प्रधानमनत्री देउवाले भोलिका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । भोलिको बैठकमा सहभागी हुनेले मन्त्रीको नाम लिस्ट खल्तीमा हालेर ल्याउनसमेत आग्रह गरिएको छ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक भेटघाट तीब्र बनाएका छन् । यो भेटघाटले मन्त्रालय खोसाखोस नगर्न, सहमतिमै अगाडि बढ्न सहयोग पुग्ने बताइएको छ ।

भोलिको गठबन्धन बैठक पनि बिलम्ब भयो भने मन्त्रिपरिषद्ले शुक्रबार मात्र पूर्णता पाउने बालुवाटारस्रोत बताउँछ । नत्र अबेरसम्म भए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी प्रधानमन्त्री देउवाले गरेको बुझिएको छ । यदि नेकपा समाजवादी र जसपाले मन्त्रीको नाम दिन आनाकानी गरे माओवादी र कांग्रेसको भागमा परेको मन्त्रालयमा मन्त्री फुलफिल गर्ने विकल्पसहितको तयारी प्रधानमन्त्री देउवाले गरेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *