काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद राम्रोसँग नचलेका कारण देखाउँदै चुनावमा जानुपर्ने बताएका छन् ।
आफैले संसद बैठक अवरुद्ध गरिरहेका बेला अध्यक्ष ओलीले प्रतिनिधिसभा नचलेको कारण देखाउँदै चुनावमा जानुपर्नेै बताएका हुन् । उनले भने‘प्रतिनिधिसभा संसद चलिएको छैन । ताजा जनादेश आवश्यक छ । म अहिले पनि भन्छु, निर्वाचन आवश्यक छ ।’
आफुले गरेको संसद विघटनलाई सही भनेका अध्यक्ष ओलीले सरकार विरुतार नहुँदा देशको बहुमूल्य समय बर्बाद गरेर बस्न नहुने भन्दै ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने समेत बताए । चुनावी सरकारको नेतृत्व अहिलेकै गठबन्धनले गरेपनि हुने उनको भनाई छ । उनले भने,‘‘उहाँहरुले नै गराए हुन्छ । गठबन्धन छँदैछ, मिलेर चुनाव लड्छौं भनेकै छन् ।’
एमालेको निरन्तरको संसद अवरोधका कारण सरकारले विनियोजन विधेयक समेत पारित गर्न नसक्दा सरकार नै बेखर्ची भएको थियो । तर एमालेले संसदको अवरोध नखोल्ने भनेपछि सरकारले विरोधका बिचमा विनियोजन विधेयक पारित गराएको थियो ।




