काठमाण्डाैं । सत्तारूढ गठवन्धनकाे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ । आज बिहान करिव एक घण्टासम्म वसेकाे वैठक वसेर प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतकाे उपस्थिति थियाे ।
सरकार गठन प्रकृया ढिलो भएको र अध्यादेश प्रकृयाको बारेमा आजको बैठकमा छलफल भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । यी दुबै विषयमा प्रधानमन्त्रीको भूमिका हुने भएकाले यो विषयलाई छिटो टुङ्ग्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको उनले बताए । अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै सरकारको ओलोचना सुरु भएको छ । त्यस्तै अहिले सकृय रहेको अध्यादेशको विषयमा पनि सत्तागठबन्धनबीच कुरा बाझिएको छ ।
गठवन्धनमा सहमति नहुदा अहिलेसम्म एक राज्यमन्त्रीसहित कांग्रेसबाट चार र माओवादीबाट २ गरी छ जना मात्रै मन्त्री छन्।




