रिबन

प्रचण्डलाइ घनश्याम भुषालको जोडदार दनक !

काठमाण्डौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ कडा दनक दिएका छन । पछिल्ला दिनहरुमा माधव नेपाल छाडेर नेकपा एमाले रोजेका घनश्याम भुषाल सहितका दस जना नेताले गलत गरेको,आत्मसमर्पण गरेको,क्रान्तिलाइ परित्याग गरेको लगायतका अभिब्यक्ति प्रचण्डले दिइरहेका छन । प्रचण्डको यस्तो अभिब्यक्ति दिन थालेपछि विहिवार एमाले नेता भुषालले कडा अभिब्यक्ति दिएका हुन । उनले भनेका छन–कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *