रिबन

एमाले अध्यक्ष ओलीले भने–सभामुखलाई माइक हान्ने र काँध काँधमा चढेर विरोध गर्ने हाम्रो निर्णय हैन

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखले संसद नियमावलीविपरित काम गरेको आरोप लगाएका छन् ।

आज बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै दलका नेता समेत रहेका अध्यक्ष ओलीले सभामुखको भूमिकाको बारेमा निरन्तर प्रश्न उठाउने बताए । उनले सभामुखले एमाले विभाजन गर्न गाड्यन्त्र गरेको भन्दै उनले भने,‘नेकपा एमाले विभाजन गराउने कुरामा सभामुखको षडयन्त्रपुर्ण संलग्नता देखियो । कानूनविपरितको मर्यादाहिन संलग्नता देखियो । २ दिनका बैठक अवरोध गरेर आएका छौं । अवरोध गर्नपर्छ । गर्न हुन्छ ।’

सभामुखले एमाले विभाजन गर्ने काममा संलग्नता देखिएको भन्दै उनले सभामुखका बारेमा प्रश्न उठाइरहने बताए । उनले भने,‘सभामुख जसले प्रमुख प्रतिपक्ष पार्टी फुटाउने काम गर्छ । गम्भिर प्रश्न नउठ्ुने भन्ने हुँदैन । हामीले शुरु गरेको सभामुखको कुर्सीमा बस्न लायक हुनुभएन । निश्पक्षता कायम भएन भन्ने हाम्रो प्रश्न जायज छ ।’

बजेट प्रतिस्थापन विधेयक संसदमा पेश गर्न नदिने रणनीति नरहेको भएपनि सभामुखका कारणले अहिलेको अबस्था आएको उनले बताए । उनले भने,‘मन्त्री आफ्नो आसनमा नबस्ने सांसदहरुका बिचमा लुकेर बस्ने अनि कुदेर रोष्ट्रममा जाने काम भइरहेको छ ।’

बजेट ल्याउनका लागि सहयोग गर्न एमालेले चाहेको भएपनि सभामुखका कारण सम्भव नभएको उनको भनाई छ । उनले भने,‘अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटलाई संसदबाट पारित गर्न चाहनुहुन्छ भने बजेट देशले लागू गर्ने कुरा हो । बजेट प्रस्तुत गर्न नदिने त होइन । दिन मन लागेर पनि दिन सहज ढंगले दिन सक्ने अबस्था सभामुखको व्यवहार र आचरणका कारणले रहेन । तसर्थ हामी यसमा अवरोध जारी रहन्छ । जारी राख्नुपर्छ ।’

संसदमा नारा लगाउने विषयमा मर्यादित भएर नारा लगाउन उनले सांसदहरुलाई निर्देशन समेत दिए । उनले भने,‘हामीले संसदीय मर्यादाभित्र रहेर तोकिएको भन्दा फरक नारा लगाउने हैन । तोकिएका नारा मात्रै लगाउने हो ।’ विरोध गर्ने शैलीबारे सांसदलाइ निर्देशन दिदै उनले भने,‘वेलमा जान्छौं । सामान्य अबस्था आयो भने विस्तार नारा लगाउने । तर सभाम्ख र सत्तापक्ष एग्रेसिभ भएर आउँदा अलि चर्को नारा लगाउने ।’

सभामुखलाई माइकले हान्ने योजना एमालेको नरहेको स्पष्ट पार्दै उनले भने,‘कतिपय माननीयले बोलेको भन्ने मैले सुने । सभामुखलाई माइक हान्ने योजना थियो भनेर भनेको सुने । नभएको कुरा मिडियामा गर्ने कुरा वाञ्छनिय हुँदैन । हाम्रो त्यस्तो योजना थिएन । काँध चढेर जान खोज्ने साँच्चै घेरा तोड्न खोजेको हैन । मर्यादापालकको घेरा हामीले तोड्न खोजेको हैन ।’

एमाले सांसदका लागि विरोध गर्ने स्थान सत्तापक्षले दिनुपर्ने उनको भनाई छ । संसदीय मर्यादा र प्रक्रियालाई मिचेर अचानक पबजेट प्रतिस्थापन विेधयक पेश गरिएको भन्दै उनले अघिल्लो सरकारले ल्याएको विकास आयोजना अहिलेको सरकारले रोकेको आरोप समेत लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *