काठमाडौं । मन्त्रिमण्डललाई पूर्णता दिनको लागि सत्ता गठबन्धनको बैठक बसिरहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागि छन्।
छलफलमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पनि सहभागी छन्। कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादीबाट नारायणकाजी श्रेष्ठ, जसपाबाट नेता राजेन्द्र श्रेष्ठ र समाजवादीबाट राष्ट्रिय सभामा दलका नेता बेदुराम भुसाल सहभागी छन्।
आइतबार बिहान र साँझ बसेको दुईपटक बसेको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाउन नसकेपछि आज पुन बैठक बसेको हो ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले भने समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताएका छन् ।गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरुको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।




