शिक्षा / स्वास्थ्य

१७ हजार ६८९ को परिक्षण गर्दा ३२४७ जनामा कोरोना संक्रमण पुष्टि ,२७ को मृत्यु


काठमाडौं । मंगलबार थप दुई हजार ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५६५ पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार १२४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२९ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ३५४ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार ५२८ जनाले खोप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ८७१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७९० जना सघन कक्षमा र १९१ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *