काठमाण्डौं । वामदेव गौतम अहिलेसम्म एमालेको केपी ओलीतिर लागिरहेका थिए तर मंगलवार माधव नेपाल पक्षले आयोजना गरेको आफू पक्षधरको वैठकमा दुई जना सांसद थप भएका छन ।
२२ जना सांसद आफूतिर पारेका माधवको पक्षमा मंगलवार वामदेव गौतमकी पत्नी तुलसा थापा र जिवराज आश्रितको पत्नी माया ज्ञवाली पनि माधव पक्षमा लागेकी छिन ।
माधव नेपाल पक्षले वानेश्वरको अर्याल होटलमा डाकेको आफू पक्षको सांसदको भेलामा यी दुई जना सांसद पनि पुगेका हुन । यिनीहरु लामो समय देखि एमले अध्यक्ष केपी ओलीको पक्षमा लागेका थिए । यति मात्र होइन,स्वयम वामदेव गौतमपनि ओलीले डाकेको वैठकमा गएका थिए । उनले कुनै पक्षमा आफू नरहेको बताएपनि ओलीले डाकेको वैठकमा गएर उनकै आलोचना गरेका थिए । तर अब उनको पत्नी नै माधवतिर लागेपछि वामदेव पनि स्वत यतै लाग्ने अनुमान गरिएको छ ।




