देश

ओली रणनीति : माधव नेपाललाई एमाले बाहिरै राख्ने

काठमाडौं । एमालेमा अब अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार कि पारको लडाइँ हुने भएको छ । अध्यक्ष शक्तिशाली बन्ने गरी ओलीले कदम चालेपछि माधव नेपाल असन्तुष्ट बनेका छन् ।

ओलीले आफू शक्तिशाली बन्न विधान संशोधनको प्रस्ताव गरेपछि माधवकुमार नेपाल पक्ष अब बाहिरै बस्ने अवस्था आएको छ । त्यसैले नेपाल पक्षले आजैदेखि समानान्तर संगठनको गतिविधि अघि बढाउने भएको छ ।

ओलीले पार्टीको अध्यक्ष शक्तिशाली बनाउन एमालेको महाधिवेशनबाट पदाधिकारीमध्ये अध्यक्ष र महासचिवमात्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न लागेका छन् । उपाध्यक्षको संख्या घटाउँदै सचिवको संख्या बढाएका छन् ।

केन्द्रीय कमिटी प्रत्यक्ष निर्वाचित हुने र त्यसैले उपाध्यक्ष र सचिव चयन गर्ने व्यवस्था गर्न लागेका छन् । एमालेभित्र माधवकुमार नेपाललाई कुनै स्थान नदिने गरी ओली अघि बढेपछि अब वारपारको लडाइँ सुरु भएको हो ।

ओलीले सोमबार गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको माधव पक्षको निष्कर्ष छ। एमालेभित्र विगतमा पदाधिकारी र स्थायी कमिटीमा ओली अल्पमतमा थिए । यसले उनी अप्ठ्यारोमा परेका थिए । अब उनी पुरानै अवस्था नदोहोरिने गरी बढेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *