रिबन

माधव समुहकाे वैठकमा भीम रावलले भने-म माथि शंका नगरियाेस

काठमाण्डाैं।नेकपा एमाले माधव नेपाल समुहकाे स्थायी समितिकाे वैठकमा नेता भीम रावलले दस वुदे सहमितकाे वचाउ गरेका छन। पार्टी एकताकाे लागि भन्दै दुवै तर्फका कार्यदलले तयार पारेकाे दस वुदे सहमति पत्र गलत नभएकाे वताएका छन।

वैठककाे सुरूवातमा वरिष्ठ नेता माधव नेपाल वाेलेका थिए।उनले सुरूवातमा पार्टी एकताकाे पक्षमा रहेकाे तर झुकेर र कमजाेर भएर एकता नहुने वताएका थिए।कथंकदाचित एकता नभए चुप लागेर नवस्ने उनकाे भनाइ थियाे।

वैठकमा नेता नेपाल पछि भीम रावल वाेलेका थिए।उनी अघिल्ला वैठकमा भन्दा केही नरम थिए।वैठककाे दाैरान उनले दस वुदे सहमति नेता नेपालसंगकाे सहमति अनुसार नै गरेकाे वताएका थिए।उनले पनि एकता भनेर झुकेर र गलेर नगर्ने वताएका थिए।

तर वैठकमा दुइ जना नेता सुरेन्द्र पाण्डे र याेगेश भट्टराइ भने अनुपस्थित भएका थिए।पाण्डेकाे सुरक्षा गार्डलाइ काेभिड भएकाेले उनी वैठकमा उपस्थित भएनन भने भट्टराइकाे परिवारकाे सदस्य विरामी भएकाेले उनी वैठकमा उपस्थित नभएकाे जानकारी गराइएकाे थियाे।

माधव समुहकाे वैठक शुक्रवार पनि वस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *