देश

टेकु अस्पतालमा रातिसम्म खोपको प्रमाणीकरण

काठमाडौं । सरकारले कोभिडविरुद्धको खोप प्रमाणीकरण गर्न चारवटा अस्पताललाई मात्र तोकेको छ ।

केही अस्पतालले खोप प्रमाणीकरण गरेको तीन सय रुपैयाँ लिन थालेपछि विदेश अध्ययन गर्न जाने विद्यार्थी र रोजगारका लागि बाहिर जान चाहनेको लाइन अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लामो लागेको छ ।

मुसलधारे पानीको समेत प्रवाह नगरी लाइनमा बसेका नागरिकलाई टेकु अस्पतालले मध्यरातसम्म सेवा दिएको छ । मंगलबार रातिसम्म खोपको प्रमाणीकरण गराउन लाइनमा बसेकालाई अस्पतालले कोभिड खोप लगाएको प्रमाणीकरण गरेको थियो । सरकारले कोभिडविरुद्धको खोप प्रमाणीकरण निःशुल्क गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *