रिबन

जसपाले देशका मुख्य शहरमा विरोध प्रदर्शन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशका विभिन्न प्रमुख सहरहरूमा प्रदर्शन र सभा गर्ने भएको छ।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरोधमा जसपा सडक संघर्षमा उत्रन लागेको हो।

पुस २५ देखि माघ ७ सम्म जसपाले देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्न पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *