राजनीति

अध्यादेशबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न नेपाली कांग्रेसले आज बुधबार शीर्ष नेताहरुको बैठक डाकेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बस्ने गरी पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी संलग्न बैठक डोकेका हुन् ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सरकारले जारी गरेको अध्यादेशबारे छलफल हुने पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा पार्टीले हिजो सोमबार आयोजना गरेको विरोध कार्यक्रमको समेत समीक्षा हुने सहमहामन्त्री डा. महतले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *