रिबन

सभामुख आफू अनुकूल नहुँदा प्रधानमन्त्री अप्ठ्यारोमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली यतिबेला निकै अप्ठ्यरो अवस्थामा पुगेका छन् । आफू अनुकूल सभामुख नहुँदा उनी संसदमा समेत अप्ठयारो अवस्थामा पुगेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएपछि ओली तनावमा परेका हुन् ।

सभामुख संसद बोलाउन चाहने प्रधानमन्त्री पछि टार्ने चाहनेबीच लफडा हुँदा आइतबार सभामुखले पुसको १८ गतेभित्रै संसद बोलाइसक्नुपर्ने भनेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुस १८ गतेभित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन् ।

सभामुख सापकोटाले अवको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताए । उनले भने, ‘हामी विधेयक अधिवेशनको तयारी गर्दैछौं । अब पुस १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ । त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ । म आग्रह गर्न चाहन्छु कि हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ ।’

कोभिड–१९को संक्रमणका कारण संसद् अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताए । उनले परम्परागत रुपमा संसद चलाउन सम्भवन नभएकोले केही रुपान्तरण गर्नुपर्ने संकेत गरे ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कोभिडका कारण बन्द रहेको संसद र समितिका बैठकहरु सधैंभरि रोकेर बस्न नहुने बताए । कोभिडको यो स्थिति कहिलेसम्म जान्छ थाहा नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै बैठक चलाउनुपर्ने बताए । उनले अहिलेसम्म संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुमा पनि कोभिड संक्रमण देखापरेको स्थिति भएकाले उच्च सावधानी अपनाउन जरुरी रहेको बताए । कोभिडकै कारण संसद् बैठक बीचैमा रोक्नुपर्ने स्थिति आउने भएकाले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संघीय संसद् सेवामा रहेका कर्मचारीहरुको कानून निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताए । संघ प्रदेश र स्थानीय तहमा निर्माण हुने कानूनहरुका लागि समन्वय गर्न पनि संसद सचिवालयका कर्मचारीहरुको भूमिका महत्वपूर्ण भएको बताए ।

संघीय संसद् सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरी १४ औं संघीय संसद सेवा दिवस–२०७७ मनाएको हो । २०५८ मंसिर २८ गते संसद् सेवालाई निजामती सेवाबाट अलग गरी संसद् सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गतेदेखि संसद सेवा दिवस मनाइँदै आएको छ । २०५८ देखि २०६३ को बीचमा संसद् नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *