शिक्षा / स्वास्थ्य

२४ घण्टामा १ हजार १४ जना संक्रमित थपिए, २० को मृत्यु

काठमाडौं । २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन । ६ हजार २२० जनाको पीसीआर परिक्षण गर्दा १०१४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ६४४ पुरुष र ३७० महिला छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३४.५ प्रतिशत महिला र ६६.५ प्रतिशत पुरुष संक्रमित भएका छन ।
गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा मृतकको संख्या १६१४ पुगेको छ । ३३२ जना आसीयुमा र ५३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।

सोमबार १६२८ जना संक्रमित कोरोनामुक्त भएका छन । हालसम्म २ लाख २७ हजार ४३३ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ९४ प्रतिशत छ । मुलुकभर १२ हजार ९४८ जना सक्रिय सक्रमितमध्ये ८०६० जना संक्रमित होम आइसोलेशनमा छन । क्वारेन्टाइनमा भने ५३६ जना छन ।

नेपालमा आरटी–पीसीआर विधिबाट १७ लाख ९० हजार ७३९ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ललितपुर र कास्की जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कोरोना संक्रमण मुक्त जिल्ला मनाङ र डोल्पामात्र छन ।

उपत्यकामा कति संक्रमित थपिए ?
सोमवार काठमाडौं उपत्यकामा ४२२ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये १८८ जना महिला र २५४ जना पुरुष छन ।

कुन प्रदेशमा कति सं थपिए ?
प्रदेश १ मा ७६, प्रदेश २ मा २६, वागमती प्रदेशमा ५२४, गण्डकी प्रदेशमा ८३, लुम्बिनीमा १७६ , कर्णालीमा ३१ र सुदुरपश्चिम प्रदेशमा ९८ जना संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *