शिक्षा / स्वास्थ्य

२४ घण्टामा एक हजार २४ जना संक्रमित थपिए, २२०६ जना निको भए

काठमाडौं । २४ घण्टामा १ हजार २४ जना कोरोना संक्रमित थपिएका छन । ६ हजार ४७ जनाको पीसीआर परिक्षण गर्दा १ हजार २४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ६६२ पुरुष र ४०२ महिला छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३४.५ प्रतिशत महिला र ६६.५ प्रतिशत पुरुष संक्रमित भएका छन ।
गत २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा मृतकको संख्या १५७७ पुगेको छ । ३१२ जना आसीयुमा र ४५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।

शनिवार २२०६ जना संक्रमित कोरोनामुक्त भएका छन । हालसम्म २ लाख २४ हजार ५३ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ९३.४ प्रतिशत छ । मुलुकभर १४ हजार २५५ जना सक्रिय सक्रमितमध्ये ९२६३ जना संक्रमित होम आइसोलेशनमा छन । क्वारेन्टाइनमा भने ५३६ जना छन ।

नेपालमा आरटी–पीसीआर विधिबाट १७ लाख ७८ हजार ४२ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मोरङ,झापा, काठमाडौं, भक्तपुर, ललितपुर र कास्की जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कोरोना संक्रमण मुक्त जिल्ला मनाङ र डोल्पामात्र छन ।

उपत्यकामा कति संक्रमित थपिए ?
सोमवार काठमाडौं उपत्यकामा ४६० जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये २०४ जना महिला र २५६ जना पुरुष छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *