काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल आफ्नो घर पुगेका छन् । पुल उदघाटन जाने क्रममा निषेधाज्ञा तोडेको भन्दै प्रहरी हिरासतमा रहेका पौडेल साँझ रिहा भएपछि तनहुँस्थित घर पुगेका हुन् ।
प्रहरीको हिरासतबाट मुक्त भएपछि बाहिर नेता पौडेलले कोणसभालाई सम्बोधन गरेका थिए । उनले सरकारले नियोजित रुपमा हिरासतमा लिएको आरोप लगाउँदै देशभर प्रतिवाद हुने चेतावनी दिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई प्रहरीले हिरासतमा लिएको घटनाको विरोध गर्दै प्रतिरोध गर्ने चेतावनी दिएका थिए । उनले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर किन पक्राउ गरेको भनेर प्रश्न सोधेका थिए ।




