रिबन

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको बर्थ डे सेलेब्रेसन

काठमाडौं । सर्वाधिक चासोमा रहेको नेकपा सचिवालयको मंगलबारको बैठकमा बर्थ डे केक काटिएको छ । पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिनको अवसरमा नेताहरूले बर्थ डे सेलेब्रेसन गरेका हुन् ।

महासचिव पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सो अवसरमा उपाध्यक्ष वामदेव गौतमले पौडेललाई सय वर्ष बाँच्नुहोस् भनी शुभकामना दिएका थिए ।

‘महासचिव कमरेड विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनुभएको छ । ६२ बर्षमा प्रवेश गर्नुभएका महासचिव कमरेडलाई हाम्रो पनि हार्दिक बधाई तथा सफल र स्वस्थ जीवनको शुभकामना,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *