रिबन

राजावादीको ठूल्ठूला जुलुस निस्किन थालेपछि काठमाडौं जिल्ला प्रशासनले लगायो रोक

काठमाडौं । पछिल्लो समय स्वतस्फुर्त रूपमा राजावादीहरु सडकमा देखिएका छन् । बुटवल, नेपालगन्ज, जनकपुर, वीरगन्ज, पोखरा, हेटौंडा हुँदै काठमाडौंमा समेत उनीहरूले ठूल्ठूला प्रदर्शन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनले कोरोना संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न भन्दै जुलुस, सभा र प्रदर्शनमा रोक लगाएको हो ।

भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

सरकारले कोरोना संक्रमण बढ्ने भन्दै अहिले पनि आममानिसलाई आवश्यक कामबाहेक बाहिर ननिस्कन अपिल गरेको छ । सवारीसाधनमा जोर बिजोर प्रणाली कायमै छ । स्कुल, सिनेमा हल बन्दै छन् । तर, राजा आऊ देश बचाऊ भन्दै राजावादीले हजारौंको जुलुस निकालेपछि प्रशासन कठोर बन्न पुगेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *