एजेन्सी । पछिल्लो २४ घन्टामा विश्वभर १३ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १३ हजार २९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भने पछिल्लो २४ घन्टामा विश्वमा ७ लाख ४७ हजार ८२ जना नयाँ संक्रमित थपिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा १४ लाख ३९ हजार ७ सय ८४ जनाको ज्यान गएको छ ।
विश्वमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ करोड १२ लाख ९९ हजार ३७१ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३८० नयाँ सङ्क्रमित थपिएका छन् । नौ हजार ३६८ नमूना परीक्षण गर्दा ८३४ पुरुष र ५४६ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा १९५, प्रदेश नं २ मा ३७, वाग्मतीमा ७४७, गण्डकीमा २२१, लुम्बिनीमा १७१, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा आठ जनामा सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६० पुरुष र २८५ महिला गरी ६४५ सङ्क्रमित थपिएका छन् ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ३० हजार ७२३ पुगेको छ




