रिबन

देउवा निवास बुढानिलकण्ठमा भारतीय विदेश सचिव

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रींगला र नेपाली कांग्रेसका शीर्ष नेताबीचच भेटवार्ता भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार भेटवार्ता भएको हो ।
भेटवार्तामा कांग्रेस सभापति देउवा, नेता रामचन्द्र पौडेल, कृष्णाप्रसाद सिटौला र पूर्वपरराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराई सहभागी थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गरेर श्रींगला बुढानिलकण्ठ पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *