रिबन

नेपालमा ठूला भ्रष्टाचारी नदेख्ने अख्तियार र ओलीलाई ट्रान्सपरेन्सीको प्रतिवेदनले धक्का

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भाषण गर्दा जहिल्यै पनि आफूले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने गरेको बताउँदै आएका छन् । तर, जब सरकारमा सामेल मन्त्रीहरूको नाम भ्रष्टाचारमा जोडिन्छ, तब ओली मिडिया वा सार्वजनिक समारोहमा आफ्ना मन्त्रीको बचाउमा लागिहाल्छन् । आफ्नो सरकारलाई बदनाम गराउन भ्रष्टाचारको समाचार आउने उनको दाबी थियो ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सधैं दुई हजार चार हजार घुस खाने कर्मचारी मात्रै समाउँदै आएको थियो । ठूला भ्रष्टाचारलाई उसले आँखा चिम्लिने गरेको थियो । यदि कतै मुद्दा दर्ता गरिहालेमा कमजोर बनाउने, प्रमाण नखोज्ने, यदि प्रमाण फेला परिहालेमा राजनीतिक दबाब दिएर भ्रष्टाचारीलाई चोख्याउन क्लिन चिट दिने वा मुद्दा तामेलीमा राख्दै आएको छ ।

तर, हालै सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नेपालको नाम बदनाम गरेको नेपाली जनताले अनुभूति गरेका छन् । नेपालका प्रधानमन्त्रीको नामै उल्लेख गरेको छ भने खरिदार सुबेदारले मात्र घुस खाएको देख्ने अख्तियारलाई धक्का दिएको छ ।

ट्रान्सपरेन्सीले नेपालमा मिहिन ढंगले अध्ययन गर्दैै कसले कति भ्रष्टाचार गर्छ ? कुन कुन संस्था भ्रष्टाचारमा लागेका छन् भनेर उल्लेख नै गरिदिएको छ । प्रधानमन्त्री, राष्ट्रपति, सांसद, प्रहरी, निजामती कर्मचारी सबै भ्रष्टाचारमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख हुनुले नेपालको साख गिरेको हो । प्रधानमन्त्री ओलीको पछिल्लो एक वर्षे कार्यकालमा ५८ प्रतिशत भ्रष्टाचार बढ्नु चिन्ताजनक मानिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *