मुख्य समाचार

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्तामा सहयात्रा गर्न गरेको प्रस्तावले राजनीति तताएपछि कांग्रेसले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । कांग्रेस प्रवक्ता शर्माले कांग्रेस सरकारमा जाने भ्रम कसैलाई छ भने त्यो तुरुन्त निवारण गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले देउवासमक्ष आठवटा मन्त्रालय दिने प्रस्ताव गरेको समाचार भाइरल बनेपछि शर्माले सामाजिक सञ्जालमार्फत पार्टी धारणा प्रस्ट पारेका हुन् ।
नेता शर्माले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्न प्रस्ट म्यान्डेट रहेको भन्दै कांग्रेस सांसदको टाउको गनेर आफ्नो स्वार्थ पूरा नगर्न प्रधानमन्त्री केपी ओलीलाई सचेत पनि गराएका छन् ।
उनले लेखेका छन्, ‘भ्रम, कोही कसैलाई केही छ भने । पाँच बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौं,रहनेछौं । नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं । अतः यता या उताको जोडघटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं । जय नेपाल !’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *