काठमाडौं । सत्तारुढ दल नेकपामा विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार तीन घन्टा लामो छलफल भएको छ । ओली र देउवाबीच दिउँसोदेखि रातिसम्म विस्तृत छलफल भएको बताइएको छ ।
सो छलफलमा ओलीले आफू निकट नेता र देउवाले पनि निकटका नेता राखेको स्रोतले बतायो । प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीचको छलफलबारे पनि शनिबार कसैले थाहा पाएन । प्रधानमन्त्री ओली देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास दलबलसहित पुगेका थिए । सोही कारण कसैले पनि ओली र देउवाबीचको छलफलबारे सुइँकोसमेत पाएन । ओली र देउवाबीच बुढानिलकण्ठस्थित देउवा निवासमा छलफल भएको थियो ।
स्रोतका अनुसार अहिले नेकपामा देखिएको विवाद र पार्टी विभाजन भएमा कसरी अघि बढ्नेसम्मको छलफल भएको थियो ।
यस्तै, संवैधानिक निकायमा खाली भएका पदमा नियुक्ति गर्ने विषयमा पनि छलफल भएको बुझिएको छ । अहिले अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा पद खाली छन् ।
मुख्य समाचार




