मुख्य समाचार

२४ घण्टामा तीन हजार एक सय ६७ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

काठमाडौं । २४ घण्टामा ३ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन । १५ हजार ५ सय ३१ जनाको पीसीआर परिक्षण गर्दा ३ हजार १७६ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको कुल संख्या एक लाख २९ हजार ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

शनिबार १८ सय जना कोरोना संक्रमण मुक्त भएका छन । अहिलेसम्म ८९ हजार ८४० जना संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ६९.४ प्रतिशत छ । ३८ हजार ७३७ सक्रिय संक्रमित मध्ये २५ हाजार ४ सय ३८ होम आईसोलेशनमा १३ हजार २ सय ९९ संक्रमित संस्थागत आइशोलेशनमा छन ।

मोरङ, सुनसरी, मकवानपुर, काठमाडौं, ललितपर,भक्तपुर, चितवन, कास्की, बाँके, दाङ, सुर्खेत, रुपन्देही जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कोरोना संक्रमण मुक्त जिल्ला मुस्ताङ मात्र रहेको छ ।

नेपालमा पीसीआर विधिबाट १२ लाख ६९ हजार ६०५ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२ सय ९० जना आसीयुमा र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन । गत २४ घण्टामा १२ जना कोरोना संक्रमित पुरुषले ज्यान गुमाएका छन । नेपालमा कोरोना संक्रमणबा ७२७ जनाले ज्यान गुमाइसकेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *