मुख्य समाचार

मंगलबार थपिए ३५५६ नयाँ संक्रमित, १५०३ जना डिस्चार्ज (तथ्यांकसहित)

काठमाडौं । मंगलबार कोरोना भाइरसका ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएका छन् । १५ हजार ५७७ पीसीआर परीक्षण गदा ३ हजार ५५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५०३ जना संक्रमित निको भएका छन् । संक्रमण मुक्त हुने अहिलेसम्म ७८ हजार ७८० जना पुगेका छन् । यो कुल संक्रमितको ६८ दशमलव ३ प्रतिशत हो । निको हुनेको दर घटेको छ भने सक्रिय संक्रमितको संख्या निरन्तर बढिरहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा थपिए २१२९ संक्रमित
देशकै सबै भन्दा ठुलो कोरोनाको हटस्पट बनेको राजधानी काठमाण्डौं उपत्यकामा आज पनि दुई हजार माथि संक्रमित थपिएका छन् । आज उपत्यकामा २ हजार एक सय २९ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज काठमाण्डौमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना रहेका छन् । यो देशभर थपिएका संक्रमितको ६० प्रतिशत हाराहारी हो ।

१८ जनाको मृत्यु
मंगलबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार देशभर १८ जना संक्रमितले ज्यान गुमाएका हुन् । यससँगै अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।

यसै गरी २७९ जनाको आईसियुमा र ६७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । यस्तै हाल सम्म कोरोनाबाट डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । आज १४७३ जनाले कोरोना जीतेका छन् । यो भनेको कुल संक्रमितको ७० प्रतिशत भन्दा कम हो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *