मुख्य समाचार

उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल बनाइँदै

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पताललाई आकस्मिकबाहकेका सबै शल्यक्रिया हाललाई स्थगित गर्न निर्देशन दिएको छ। लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनले यसरी नियमित शल्यक्रिया हाललाई स्थगन गर्दा यसले कोरोना संक्रमणका विरामीहरूलाई अस्पतालमा बेड तथा आएसियू र भेन्टिलेटर उपलब्धतामा सघाउ पुर्याउने बताए।

साथै उपत्यकाका सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाइनेसमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।त्यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती अस्पतालहरूमा वितरण गरी आवश्यक व्यवस्थापन समेत गरिने प्रवक्ता गौतमले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *