मुख्य समाचार

गौतमको मुद्दा फैसला दशैअघि कि पछि ?

काठमाडौं । राष्ट्रियसभामा मनोनीत गरेको विषयमा वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ कोरोना भाइरसको महामारीका कारण दशैअघि नै हुने संभावना कमजोर बनेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी कोरोना संक्रमणपछि आइसोलेशनमा बसेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यसअघि नै होम–आइसोलेशनमा बसेका कारण संवैधानिक इजलाश प्रभावित हुँदा दशैअघि सुनवाई हुने संभावना कमजोर बनेको हो । गत शुक्रबार वामदेव पक्षका वकिलहरु धेरै भएका कारण सुनुवाई नसकिँदा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। बुधबार सुनुवाई हुने भनिए पनि न्यायाधीशहरु नै कोरोना भाइरसबाट संक्रमित भइ आइसोलेशनमा रहेका कारण सुनुवाई हुन सकेको छैन । गत शुक्रबार वामदेवका तर्फबाट पूर्व महान्याधीवक्ताहरु युवराज संग्रौला र राघवलाल वैद्यका साथै शेरबहादुर केसीले बहस गरेका थिए । त्यसपछि सुनुवाई रोकिएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमको नियुक्ति बदर गर्न माग गर्दै अशोज ५ गते रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले गौतमलाई ‘थप संवैधानिक नियुक्ति नदिन’ र संवैधानिक इजलासमा थप सुनुवाइ गर्न आदेश दिएको थियो । त्यसअघिको बुधबार (अशोज १४ गते) रिट निवेदकका तर्फबाट त्रिपाठी, अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गरेका थिए ।

गौतमको तर्फबाट महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बहस गरेका थिए । प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् । निवेदकले प्रतिनिधिसभामा पराजित भएको व्यक्ति मनोनितको कोटामा राष्ट्रियसभामा जानु संविधान, जनमत विपरीत भएको जिकिर गरेका छन्। जनमत, संविधानवाद्, लोकतान्त्रिक मूल्य मान्यता, नैतिक मूल्यका आधारमा नियुक्ति बदर हुनुपर्ने माग रिटमा गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएको विषयमा परेको मुद्दाको सुनुवाई अनन्तकालसम्म लम्बिने अवस्था सिर्जना भएकोले यस अघि हेर्दा हेर्दै को अबस्थामा बुधबार लागि सो सुनुवाई सारिएको थियो । तर सर्बोच्च अदलातका न्यायाधीश सहित कर्मचारीहरुमा कोरोना देखिएपछि सबैधानिक ईजालासमा रहेका अधिकांस न्यायाधीशहरु होम आईसोलेसनमा रहेका कारण बुधबार ईजालस तोकिएन ।

गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयबिरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा छन् । सबैधानिक ईजालास सामन्यतय सातामा दुईपटक मात्र बस्ने चलन छ ।

न्यायाधीशहरु होम आईसोलेसनमा रहेकाबीचमा नै अदालतमा दशंैको बिदा शुरु हुन्छ । अदालत ३० असोजबाट बिदा हुने गर्छ । यस हिसाबले गौतमको मुद्धामा दशैअघि सुनुवाई हुने संभावना कमजोर बनेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *