मुख्य समाचार

जाजरकोटमा जीप दुर्घटना: वडाध्यक्षसहित पाँचको मृत्यु

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिको लोडनीमा यात्रुवाहक जीप दुर्घटना हुदाँ वडाध्यक्षसहित पाँच जनाको ज्यान गएको छ । लोडनीमा दुर्घटना भएको जीपमा जुनीचाँदे गाउँपालिका वडा ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ५ जनाको ज्यान गएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए । जीप सडकबाट ५ सय मिटर तल खसेको थियो । उनका अनुसार, भे १ ज ९ सय ३५ नम्बरको जीप दुर्घटना भएको हो ।

५ जनाको ज्यान गएको र २ जना वेपत्ता छन । स्थानीयको अवरोद्धका कारण प्रहरी प्रशासनलाई खोजी गर्न समस्या भईरहेको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *