मुख्य समाचार

नेकपा सचिवालय बैठक निष्कर्षविहिन, अर्को बैठक अनिश्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुगिएको छ । बैठकमा संगठनात्मक एकता र संवैधानिक तथा राजनीतिक नियुक्तिमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा संगठनात्मक एकताका बाँकी काम टुंगो लगाउने विषयमा र संवैधानिक तथा राजनीतिक नियुक्तिलगायतका विषयमा छलफल भयो । छलफल सकरात्मक भए पनि टुंगोमा पुग्न सकेको छैन । अध्यक्षद्वयले थप छलफल गरेपछि निष्कर्षमा पुग्नेछ ।’

मन्त्रिपरिषद पुनर्गठनको विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि निष्कर्षमा नपुगेको बैठकमा जानकारी गराएका छन् । श्रेष्ठका अनुसार आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *