काठडमाडौं । शुक्रबार देशभर कोरोनाका २७ सय २२ नयाँ संक्रमित थपिएका छन् । १४ हजार ७३९ पीसीआर परीक्षणमा २ हजार ७ सय २२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर अहिलेसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । शुक्रबार सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ । संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा ११ हजार ७६० जना रहेका छन् । पछिल्लो २४ घण्टामा जना संक्रमित निको भएर घर फर्किका छन् ।
उपत्यकामा १६३८ जना संक्रमित
शुक्रबार काठमाडौं उपत्यकामा १ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संक्रमण अहिलेसम्मकै उच्च हो । काठमाडौं जिल्लामा मात्र १ हजार २८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, भक्तपुरमा १९६ जना र ललितपुरमा १६२ जना थपिएका छन् । यी दुई जिल्लामा पनि यतिधेरै संक्रमित थपिएको पहिलो पटक हो ।
११ जना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा देशभरबाट ११ जना कोरोना संक्रमितले आफ्नो ज्यान गुमाएका छन् । शुक्रबार ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार आज काठमाडौँ उपत्यकामा भक्तुरकी ५१ र ६१ वर्षीया दुइ महिला, ललितपुरका ३२, ७० वर्षीया दुइ पुरुष र काठमाडौँकी ६७ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यस्तै आज उपत्यकाबाहिर मोरंगका २७ वर्षीया पुरुष , मकवानपुरका ७८ वर्षीया पुरुष रुपन्देहीका ६० वर्षीया पुरुष, बाँकेका ५२ र ५९ वर्षीया दुइ पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार हाल सम्म ५ सय २० जना कोरोना संक्रमितले आफ्नो ज्यान गुमाएका छन् । यस्तै कुल संक्रमित मध्य ०.६५ प्रतिशतको निधन भइसकेको छ ।

कोरोना भाइरसको भाइरसका संक्रमित दिनदिनै बढ्दै गएका छन् । घना वस्ती भएका काठमाडौं उपत्यकालगायतका ठूला शहरहरुमा जोखिम झन बढ्दो छ । कोरोना नियन्त्रणमा सरकारका मान्छेहरुको दूरदर्शी सोचको अभाव र आम मानिसको कोरोनाप्रति असंवेदनशीलताका कारण महामारी फैलिन मद्दत मिलेको टिप्पर्णी गरिएको छ ।




