ताजा समाचार

ओली-प्रचण्ड भेट, राजनीतिक नियुक्तिबारे छलफल

 काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच वालुवाटारमा भेटवार्ता भएको छ।

भेटवार्तामा संवैधानिक निकायमा नियुक्ती, पार्टी एकताका बाँकी काम पूरा गर्ने र मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल भएको बताइएको छ। अध्यक्ष प्रचण्डका प्रेस सल्लााहका विष्णु सापकोटाका अनुसार प्रचण्ड बिहीबार साँढे ११ बजे बालुवाटार पुगेका थिए। दुई अध्यक्षबीच एक घण्टा छलफल भएको थियो।

मंगलबार बसेको नेकपा सचिवालय बैठकले संवैधानिक निकायमा पदाधिकारी चाँडो नियुक्ती गर्न आग्रह गरेको थियो। यसैगरी पार्टी एकताको काम दश दिनभित्र पूरा गर्ने गरी कार्ययोजना ल्याउन सचिवालय बैठकले अध्यक्षद्वयलाई सुझाव दिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *