ताजा समाचार

ओलीको पेरिसडाडा पाइला,एकताको सन्देश कि बाध्यता ?

 काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टी एकिकरणपछि कहिल्यै पेसिरडाडा गएका थिएनन । उनी जब गए त्यसपछि विभिन्न प्रतिक्रिया उत्पन्न भए । उनी पेरिसडाडा जानु हुँदैनथ्यो वा हुन्थ्यो त्यो बेग्लै प्रश्न हो । यद्यपि विगतमा माओवदीका कट्टर आलोचक रहेका ओली पूर्व माओवदी कार्यकर्ताले मनाउने कुनै पनि कार्यक्रममा समेत उपस्थित नहँदा यस्ता प्रश्नहरु उठ्नु स्वाभाविक हुन् । उनी पेसिरडाडामा भएको सचिवालय बैठकमा पुगेपछि ओलीले झुकेका हुन् कि उदार भएका हुन भन्ने कोणबाट पनि छलफल शुरु भएको छ ।

चुनावी तालमेलको केही अघिसम्म माओवादीप्रति तत्कालिन एमालेका अन्य नेताहरुभन्दा फरक फरक कोणबाट आलोचना गर्न रुचाउने नेताको रुपमा देखिएका थिए । २०७४ सालको असारमा तत्कालिन माओवादी र कांग्रेस मिलेर स्थानीय तहमा एमालेलाई आच्छु आच्छु पारे त्यसपछि ओली विस्तारै विस्तारै माओवादीप्रति नरम बनेर असोजमा दुई पार्टी (एमाले–माओवादी) चुनावी तालमेलको चरणमा पुग । २०७४ मंसिरमा हुने संघीय चुनावपछि दुई पार्टी नै एकता गर्ने मनोभावना र उद्घोषसहित निर्वाचनमा होमिए । परिणामत झण्डै दुई तिहाई नजिक बनाइदियो । यसपछि २०७५ जेठ ३ गते दुई पार्टी एकिकरण भए ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराईमा रहने र जनवर्गीय संगठनका कार्यालयहरु पेरिसडाडामा रहने निर्णय गरियो । यससन्दर्भ यहाँ किन पनि जोडिएको छ भने पार्टी एकिकरण अघि र पछि दुवै समयमा प्रधानमन्त्री केपी ओली पेरिसडाडामा रहेको पूर्व माओवादीको कार्यालयमा टेकेका थिएनन । तर यसपटक पार्टीभित्रको पाँच महिने आन्तरिक विवाद मिलेसँगै उनी सचिवालय बैठक नै पेरिसडाडामा राख्न बाध्य भए । यसबाट ओली साँच्चै पार्टीभित्र कमजोर भएका हुन् कि अरु कुनै रणनीतिमा लागेका हुन् भन्नेचाहि स्पष्ट भएको छ । पार्टी एकतापछि दर्जनौ कार्यक्रम पेरिसडाँडामा र धुम्बाराईमा भएपनि ओली अनुपस्थित हुँदै आएका छन् । जानकारका अनुसार सचिवालय बैठक पेरिसडाडामा राखिएपछि उनी बाध्य भएर गएका भने होइनन प्रचण्डले पेसिरडाडामा तपाई टेक्दै टेक्नुहुन्न पार्टी कार्यकर्ताको गुनासो छ भनेपछि ओलीकै प्रस्तावमा अबको सचिवालय बैठक त्यहाँ राखौ भनेर प्रस्ताव गरेका थिए । तर उनी मनलागेर त्यहाँ गएका भने होइनन । पुर्व माओवादीहरुले आयोजना गरेका दर्जनौ कार्यक्रममा उनी सहभागी भएका छैनन । पूर्व माओवादीहरुले आफ्ना नेता कार्याकर्ताहरुको स्मरणमा गर्ने कुनै पनि कार्यक्रमा ओलीको सहभागीता छैन । विभिन्न बहानामा उनको सहभागिता नहुँदा पूर्व माओवादी कार्यकर्ताहरुले ओलीलाई हेर्ने दृष्टि नै फरक पारेका थिए ।

पार्टीभित्र पनि ओलीले जे भन्यो त्यही लागु हुँदै आएको थियो । तर अहिले भने परिस्थितिले केही कोल्टे फेरको छ । गत फागुनमा धुम्बाराहीमा आयोजना गरेको जनयुद्ध र जनआन्दोलनका सहिदहरुको स्मृतिमा आयोजित श्रदाञ्जली कार्यक्रममा सहभागी भएनन् । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा सम्बोधन गर्ने प्रचार गरिए पनि अन्तिम समयमा ओली उपस्थित भएनन । कार्यक्रममा प्रचण्ड, वामदेव गौतम, विष्णु पौडेललगायतका नेताहरु सहभागी भए । ओली आउने भन्दै प्रचार गरेर जनयुद्ध दिवसको कार्यक्रममा नगएको त्यो पहिलो पटक भने थिएन । प्रदेश र संघको चुनावमा तालमेल गरेर पार्टी एकताको अन्तिम चरणका पुगेको बेला २०७४ फागुन १ गते तत्कालीन माओवादीको युवा संगठन वाइसीएलले पेरिसडाँडामा मनाएको जनयुद्ध दिवसमा पनि ओली र दाहाल आउने भन्दै प्रचार गरियो । तर कार्यक्रममा दाहाल मात्रै उपस्थित भए, ओली गएनन् । तत्कालीन एमालेबाट वामदेव गौतम सहभागी भएका थिए ।

त्यस्तै पार्टी एकतापछि २०७५ फागुन १ गते पनि तत्कालीन माओवादी र एमालेका जनसाँस्कृतिक महासंघले २४ औं जनयुद्ध दिवस प्रज्ञा भवनमा मनायो। त्यसमा तत्कालीन एमाले निकट जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई उपस्थित थिए, तत्कालीन माओवादीबाट भने दाहाललगायतका नेताहरु थिए । एकतापछि नेकपाको ब्यानरले जनयुद्ध शब्द खासै रुचाएको छैन् । २०७५ फागुन १ गते पनि नेकपाको ब्यानरमा ‘सहिदहरुको सम्मान’ नाम दिएर मनायो । यो कार्यक्रममा पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सहभागी हुने बताइएको थियो । तर अन्त्यमा ओली सहभागी भएनन्, प्रचण्ड मात्रै सहभागी भए । तत्कालीन एमालेबाट हाल नेकपाका महासचिव विष्णु पौडेल सहभागी थिए । पार्टी एकतापछि ०७५ फागुनमै काठमाडौं उपत्यकासहित देशभर सहिद सप्ताह मनायो । तत्कालीन माओवादीको पहिलो सहिद दिलबहादुर रम्तेलले ज्यान गुमाएपछि फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको थियो । माओवादीले सहिद सप्ताहमा जिल्लाहरुमा तत्कालीन युवा संघ र वाइसीएलको ब्यानरमा मनाएको थियो । काठमाडौं उपत्यकामा पनि दुबै संगठनको ब्यानरमा मनाएका थिए । उक्त कार्यक्रममा उपत्यकाका सहिद परिवालाई सम्मान गरिने थियो । मुख्यत तत्कालीन माओवादी केन्द्रीय कार्यालय हाल नेकपाको भातृ संगठनको कार्यालय पेरिसडाँडामा मनाएको सहिद सप्ताहमा पनि ओली र दाहाल दुबै आउने भनिएको थियो । तर अन्त्यमा ओली गएनन्, दाहाल मात्रै गएका थिए। उक्त कार्यक्रममा तत्कालीन एमालेबाट योगेश भट्टराई सहभागी भएका थिए । यस्ता दर्जनौ कार्यक्रममा ओली सहभागी छैनन ।

ओली निकटका नेताहरुका अनुसार उनी जनयुद्ध भन्ने शब्दप्रतिनै असहमत छन् । भलै राज्य सत्ता सञ्चालनका लागि दुई नेताहरुको स्वार्थ मिलेका कारण मात्रै पार्टी एकिकरणको चरणमा पुगेको हो । अहिलेपनि एकता महाधिवेशन गर्नुपर्ने भएकाले कार्यकर्तालाई एकताको सन्देश दिनका लागि मात्रै ओली सचिवालय बैठकमा सहभागी भएको बताइन्छ । पूर्व माओवादीहरुले आयोजना गरेका कार्यक्रममा पेरिसडाँडा त धुम्बराईमा समेत सहभागी नभएका ओली सचिवालय बैठकनै त्यही राख्ने किन प्रस्ताव गर्थे होलान र ? आन्तरिक विवादका क्रममा पार्टी निर्णयको चरम उल्लंघन गरेको आरोप खेपेका ओली अहिले भने प्रचण्डलाई कार्यकारी अधिकार दिएपछि उनले पार्टीको निर्णय खुरुखुरु मान्छन कि मान्दैन भन्नेचाहि हेर्न बाँकी रहेको बेला पेरिसडाडामा हुने बैठकमा उनको सहभागिलाई अर्थपूर्ण मानिन्छ । पहिलो दिनको बैठक सकिएपछि मंगलबार भने वालुवाटारमै सचिवालय बैठक राखिएको छ । आइतबार ओली पेसिरडाडामा पुग्दा पार्टी एकताको सन्देशलाई बढी नै महत्व दिएको आभाष हुन्थ्यो । यसलाई कतिपय सन्दर्भमा महाधिवेशनलाई समेत जोडेर हेर्न थालिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *