मुख्य समाचार

गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?

काठमाडौं । नेपाली कांग्रेस गुल्मी जिल्ला सभापतिलगायत दर्जनौं नेता कार्यकर्ताप्रति प्रहरीले गरेको दुव्यवहारप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । गुहमन्त्रीजी के हुँदैछ गुल्मीमा भन्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन् ।

प्रवक्ता शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज असोज ५ गते सोमबार गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको थियो । कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको -याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नु पूर्व रोकियो ।

गुल्मी जिल्ला सभापतिमाथि भएको दुरव्यवहारप्रति कांग्रेसको गम्भीर आपत्ति

रोकिएपश्चात ज्ञापनपत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो । पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठमाथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुव्र्यवहार गरियो । घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायतका साथीहरु घाइते हुनु भयो ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । स्थानीय प्रशासनको दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण माग गर्दछ ।

गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ । साथै, यस्ता प्रकारका घटना दोहो¥याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *