काठमाडौं । कोरोना संक्रमण बढिरहेका बेला कर्मचारीको सरुवा नगर्ने अघोषित नीति भएपनि देशभरका अदालती प्रशासनका कर्मचारीको व्यापक सरुवा भएको । सरकारले मंगलबारको निर्णयअनुसार सहसचिव वा सोसरहका कर्मचारहरु सरुवामा गरेको हो । यस क्रममा सर्वोच्च अदालतको अनुसन्धान फाँटकी सहसचिव निर्मला पौडेल प्रशासकीय अदालतको रजिष्ट्रार्डमा सरुवा भएकी छन् । सर्वोच्चका सहरजिष्ट्रार्ड भीमकुमार श्रेष्ठ न्यायपरिषद् सचिवालयको सहसचिवका रुपमा सरुवा भएका छन् ।
सर्वोच्च अदालतबाट अर्का सहसचिव यमबहादुर बूढा उच्च अदालत तुलसीपुरको रजिष्ट्रार्डमा पुगेका छन् ।न्यायपरिषद् सचिवालयमा सहसचिवको जिम्मेवारी सम्हालेका खङ्राज अधिकारी अब उच्च अदालत जनकपुरको रजिष्ट्रार्डको जिम्मेवारीमा रहनेछन् ।प्रशासकीय अदालतमा रजिष्ट्रार्डको जिम्मेवारी सम्हालेका अच्युत कुइँकेल उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा रजिष्ट्रार्ड भएर जाने भए ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह अब उच्च अदालत पाटनको रजिष्ट्रार्डका रुपमा भेटिने छन् । उच्च अदालत जनकपुरमा रजिष्ट्रार्ड सम्हालेका ठगिन्द्र कट्टेलले अब सोही उच्च अदालतको वीरगञ्ज इजलाशमा रजिष्ट्रार्डका रुपमा काम गर्ने भएका छन् ।रामप्रसाद भट्टराई उच्च अदालत तुलसीपुरका रजिष्ट्रार्ड थिए ।
अब उनी उच्च अदालत जनकपुरको राजविराज इजलाशको रजिष्ट्रार्डका रुपमा खटिएका छन् । पाटन उच्च अदालतबाट रजिष्ट्रार्ड बाबुराम दाहाल सर्वोच्चको मुद्दा महाशाखाको प्रमुख पद सम्हाल्न जाँदैछन् ।सर्वोच्चको मुद्दा महाशाखा प्रमुख रहेका बेदप्रसाद उप्रेतीचाहिँ त्यहीँको फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशकको जिम्मेवारी सम्हाल्दैछन् ।




