मुख्य समाचार

कूलमानको विदाइमा कर्मचारी उत्साहित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई विदाइ गरेका छन् । प्राधिकरणका कर्मचारीले आज एक कार्यक्रमको आयोजना गरेर घिसिङलाई विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा सहभागी कर्मचारी उत्साहित देखिन्थे । १५ दिनपछि पुनः कार्यकारी निर्देशकमा घिमिङलाई देख्न पाउँ भन्दै उनीहरु उत्साहित भएका हुन् ।

विदाइ गर्दै प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका थिए । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङको ४ वर्षे कार्यकाल आइतबार नै सकिएको थियो । उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज व्यापकरुपमा उठेको छ । तर सरकारले हालसम्म कुनै निर्णय लिइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *