मुख्य समाचार

पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा सोमबार बिहान आएको रिर्पोटअनुसार लामा कोरोना पोजेटिभ देखिएको हो । उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन् । उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ । दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *