मुख्य समाचार

उपत्यकामा ५ सहित १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । नेपालमा कोराना संक्रमणबाट मृत्यू हुनेको संख्या २५१ पुगेको छ ।

नियमित प्रेस ब्रिफिगका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा ६ जना महिला र ६ जना पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन ।

कोरोना संक्रमणका कारण काठमाडौं, ललितपुर, तनहु, कपिलवस्तुमा एक एक जना र चितवनमा दुई जना महिलाको निधन भएको प्रवक्ता गौतमले जानकारी दिए । यसै गरी बारा,चितवन,भक्तपुर,धादिगमा एक एक जाना र काठमाडौंमा दुई जना पुरुषको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमितको मृत्यु दर ०.६ प्रतिशत छ ।

१४४ जना संक्रमित आइसीयुमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *