काठमाडौं । उपत्यकामा मात्र आज ३८८ संक्रमित थपिएका छन । काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले नियमित प्रस ब्रिफिगको क्रममा जानकारी दिए ।
२४ घण्टामा ११ सय २० जना संक्रमित थपिएका छन । यो संगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।




