मुख्य समाचार

उपत्यकामा १८६ सहित देशभर ८८४ संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा १८६ संक्रमित थपिएका छन । काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएका हुन ।
आज देशभर ८८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले नियमित प्रस ब्रिफिगको क्रममा जानकारी दिए । संक्रमित मध्ये ६ सय ४३ जना पुरुष र २ सय ४२ जना महिला छन । नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
११ हजार ५ सय १६ जनाको पीसीआर परिक्षण गर्दा ८८४ जना संक्रमित भेटिएका हुन । शनिबार ३ सय १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ । संक्रमित निकोहुने दर ५५ प्रतिशत रहेको छ ।

संक्रमितको संख्या १६ हजार ५ सय ७८ छ । जसमध्ये ६ हजार ४ सय ४५ जना होम आइशोलशन र १० हजार १ सय ४५ जना संस्थागत आइशोलेशनमा छन । संक्रमितहरु मध्ये १७५ जना आइशोलेशनमा र २२ जना भेन्टिलेटरमा उपचाररत छन ।

क्वारेनटाइनमा ८ हजार ३५ जना छन । नेपालमा पीसीआर विधिबाट ६ लाख ६९ हजार ६ सय २६ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
कोरोना संक्रमणबाट आज थप १२ जनाको निधन भएको छ । यो संगै मृतकको संख्या १०७ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *