मुख्य समाचार

बिहीवार ५६९ जना डिस्चार्ज, आठ संक्रमितको मृत्यु

काठमाडौं। २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोराना संक्रमणबाट मृत्यू हुनेको संख्या १८३ पुगेको छ ।
नियमित प्रेस ब्रिफिगका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा पाँच महिला र तीन पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन ।
कोरोना संक्रमणका कारण ललितपुरकी ६५,बाराकी २३, कास्कीकी ३२, कपिलवस्तुकी ७० र बाँकेकी ७० वर्षीषा महिलाको निधन भएको स्वास्थ मन्त्रालयले पुष्टि गरेको छ । यसै गरी काठमाडौ ४७, कपिलवस्तुका ५० र पर्साका ६२ वर्षका पुरुषको निधन भएकोे प्रवक्ता गौतमले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमितको मृत्युदर ०.५२ प्रतिशत छ ।
आज ५ सय ६९ जना डिस्चार्ज भएका छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर २० हजार ७३ जना घर फर्केको प्रवक्ता गौतमले जानकारी दिए । संक्रमित निकोहुने दर ५६ प्रतिशत रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *