मुख्य समाचार

आज रातिदेखि उपत्यकामा निषेधाज्ञा

काठमाडौं । आज राति १२ बजेदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बैठकमा सहभागी रातिदेखि एक सुरक्षा अधिकारीले जानकारी दिए । उपत्यकामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा लागू गर्न लागिएको हो ।

सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतीमा निषेधाज्ञा लागू गर्न लागिएको हो । निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक अन्य व्यवसाय बन्द हुनेछन् । यातायात पनि पूर्ण रुपमा बन्द हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *