रिबन

एसपी विष्टसहित ८ प्रहरीलाई सफाइ

काठमाडौं । कञ्चनपुर जिल्ला अदालतले निर्मला बलत्कार तथा हत्या काण्डमा मुद्दा लागेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीलाई सफाइ दिएको छ । घटनाको प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीलाई अदालतले बिहीबार सफाइ दिएको हो ।

घटनाको छानविनमा लापरवाही गरेको आरोप लागेका एसपी विष्टलाई बर्खास्त गरिएको थियो । केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीसहित ७ जना प्रहरीलाई निलम्बन गरिएको थियो । सफाइ पाउनेमा डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का र जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी रहेका छन् ।

उनीहरुविरुद्ध निर्मला पन्तकी आमाले मुद्दा दर्ता गराएकी थिइन् । यो फैसलासँगै निलम्बित प्रहरीलाई काममा फर्कने बाटो खुलेको छ । दुई वर्षअघि १३ वर्षीय निर्मला पन्तको बलत्कारपछि हत्या भएको थियो । तर बलात्कारपछि हत्यामा संलग्न व्यक्ति भने अझै पक्राउ परेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *