मुख्य समाचार

काठमाडौँँ उपत्यकाका थप २३ जनामा कोरोना, देशभर २५५ कोरोना संक्रमित थपिए

काठमाडौँ । काठमाडौँँ उपत्यकामा बुधबार थप २३ जनामा कोरोना भाइरस देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा १६ तथा ललितपुरमा ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरका २५ प्रयोगशालामा विभिन्न व्यक्तिमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ। प्रवक्ता गौतमका अनुसार हालसम्म देशभर सात हजार ७५२ जना निको भएर घर फर्केका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण्मा काठमाडौंका १० तथा ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको थियो । आज २ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । हाल ८ हजार ६ सय ३६ कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परिक्षणमा भने आज उपत्यकाका कोही व्‍यक्तिमा पनि संक्रमण देखिएको छैन । हालसम्म काठमाडौं उपत्यकामा २९० जनामा कोरोना संक्रमित भेटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *