एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमितको संख्या ६१ लाख ५३ हजार पुगेको वल्डोमिटरर्सले जनाएको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७० हजार ८७० पुगेको छ ।
कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा ४ हजार ८४ जनाको मृत्यु भएको छ भने १ लाख २४ हजार संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण बिरामी भएका २७ लाख ३४ हजार ५७९ जना निको भएका छन्। । विश्वभरीमा ३० लाख ४७ हजार ९४९ जना हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।
हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ५०३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
वल्डोमिटरर्सका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख १६ हजार ८२० जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ५ हजार ५५७ व्यक्तिको मृत्यु भएको छ ।




