काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सुरु भएको छ । मिर्गौला दाता र प्रधानमन्त्री ओलीलाई अस्पतालको शल्यक्रिया कक्षमा लगिएको अस्पताल स्रोतले जनाएको छ ।
मिर्गौला प्रत्यारोपण गर्न करिव ५ घण्टा समय लाग्ने चिकित्सकहरुले बताएका छन् । मिगौला दाताको शल्यक्रिया प्रधानमन्त्री ओलीको भन्दा एक घण्टा अघि नै सुरु हुने जनाइएको छ ।
त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिरहेको छ । प्रधानमन्त्री ओलीको पहिलो पटक एपाेलाेमा मृगौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि काठमाडाै आएका छन ।
त्रिवि शिक्षण अस्पताल परिशरमा सरकारका मन्त्रीहरु,नेकपाका नेता कार्यकर्ता र सुभेच्छुकहरु बाक्लो संख्यामा उपस्थित भएका छन् ।
प्रधानमन्त्री ओलीको आज भैरहेको मिर्गौला प्रत्यारोपण दोश्रो पटक हो । ओलीको यस अघि २०६४ साल साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओलीलाई १२ वर्ष अघि नाताले बुहारी पर्ने अन्जना ओलीले मिर्गौला दिएकी थिइन । यस पटक भने भान्जी पर्ने ३२ वर्षिय समीक्षा संग्राैलाले मिर्गौला दिएकि छन ।
चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गौला सहित तीनवाट मिर्गौला छन् । आज प्रत्यारोपण गरिएपछि ओलीक शरीरमा चारवटा मिर्गौला हुनेछन् ।
प्रधानमन्त्री ओलीको शरिरमा आफ्ना दुईवटा बाहेक अन्जना ओलीले दिएको एउटा र समीक्षा संग्राैलाले दिएको एउटा गरी आजबाट चारवटा मिर्गौला हुनेछन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शाल्यचिकित्सक प्रा.डा ज्ञवालीले मिर्गौला फेर्ने भनेकाे पुरानो झिकेर नयाँ लागउने नभई नयाँ मात्र लगाउने जानकारी दिए ।
ताजा समाचार




