ताजा समाचार

नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग पनि समेटेको भन्दै नेपालले सो भूभागसहितको नयाँ नक्सा जारी गर्नुपर्ने निर्णय गरेको छ ।

नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिने निर्णय पनि नेकपाले गरेको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग लिम्पियाधुरा, लिपुकेल र कालापानी समावेश गरेपछि नेपालमा चर्को विरोध भएको थियो ।जारी बैठकमा नेकपाका केन्द्रीय सदस्यहरुले पनि यसको विरोध गरेपछि नयाँ नक्सा जारी गर्ने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *